२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


जसपाले विश्वासको मतमा ह्वीप नलगाउने, सांसदलाई स्वतन्त्र छोड्ने निर्णय


0
Shares

कामाडौं, बैशाख २६ । जनता समाजवादी पार्टी (जसपा) ले प्रधानमन्त्री ओलीको विश्वासको मत सम्बन्धि प्रस्तावमा हुने मतदानमा आफ्ना सांसदहरुलाई ह्विप नलगाउने भएको छ ।

पार्टीका संघीय पदिषद अध्यक्ष डा. बाबुराम भट्टराईको निवाशमा बसेको शीर्ष नेताहरुको बैठकले सोमबार प्रतिनिधिसभामा प्रधानमन्त्रीले लिन चाहेको विश्वासको मतको मतदानमा आफ्ना सांसदहरुलाई ह्विप जारी नगरी स्वतन्त्र छोड्ने निर्णय गरेको हो ।

वर्तमान सरकारलाई समर्थन दिने वा नदिने विषयमा जसपाभित्र दुई समूहबीच लामो समय संघर्ष चलेपनि आज बसेको शीर्ष नेताको बैठकले पक्ष र विपक्षमा मतदानको अधिकार सांसदलाई नै दिने निर्णय गरेको हो ।

प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिनुपर्ने पक्षमा रहेका महन्थ ठाकुर र राजेन्द्र महतोले समेत आज प्रधानमन्त्री ओलीलाई भेटेर मत नदिने स्पष्ट पारिसकेका छन् ।

यस्तै, आजै बिहान जसपाका नेताद्धय ठाकुर र महतोले विपक्षी दलका नेता शेरवहादुर देउवासंग पनि छलफल गरेका थिए ।

छलफलमा नेताद्धयले आफुहरु तटस्थ बस्ने बताएपनि जसपाकै डा. बाबुराम भट्टराई र उपेन्द्र यादव समूहले भने प्रधानमन्त्रीको विपक्षमा मतदान गर्ने बताइसकेका छन् ।

प्रतिनिधिसभामा हाल जसपाका ३२ सांसद छन् ।