१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कन्टयाक्ट टेसिङमा परेका व्यक्तिको नि:शुल्क परिक्षण


0
Shares

pcr test home quarantine

काठमाडौं, बैशाख २६ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी प्रयोगशलाहरुमा लक्षणसहितका संक्रमित र कन्टयाक्ट टेसिङ्मा परेका व्यक्तिहरुको नि:शुल्क परीक्षण गराउन निर्देशन दिएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कन्टयाक्ट टेसिङ्मा परेका नमुनाहरु र आएका व्यक्तिहरुको निशुल्क परीक्षण गराउन प्रदेश र केन्द्रका सबै अस्पताल र प्रयोगशलाहरुलाई आग्रह गर्नुभयो ।

यस्तै मन्त्रालयले स्वास्थ्य सेवा विभागले कोरोनाको उपचारमा आवश्यक पर्ने सबै सामानहरु व्यवस्थापन महाशाखावाट खरिद गर्न आग्रह गरेको छ ।