
काठमाडौं, कात्तिक ७ । गीतको माध्यमबाट अश्लिलता फैलाएको आरोपमा पछिल्ला दिनमा गायकहरु पक्राउ पर्न थालेका छन् ।
यसैक्रममा नेपाली र्यापर तथा गायक समिर घिसिङ ‘भिटेन’ लाई पनि प्रहरीले पक्रेको छ । महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले भिटेनलाई बिहीबार जावलाखेलबाट पक्राउ गरेको हो ।
उनलाई अश्लिल गीत गाएको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । ‘चुरोट’ नामको गीतबाट चर्चामा आएका भिटेन रौतहटका हुन् ।
यसअघि मंगलबार पनि गीतमार्फत् समाजमा गलत सन्देश दिएको आरेपमा प्रहरीले गायक दुर्गेश थापालाई फत्रेको थियो ।
थापाको ‘ह्यापी तिहार’ नामको गीतले लागुऔषध प्रयोगलाई प्रवर्धन गरेको, देउसी भैलो गीतलाई बङ्ग्याएको भन्दै प्रहरीले फक्रेको हो । तर थापाले उक्त गीत यु ट्युब च्यानलबाट हटाएपछि उनलाई छाडिएको थियो ।
प्रतिक्रिया दिनुहोस्