२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


माधव नेपाल पक्षले तत्काल सांसदबाट राजीनामा नदिने, संसद बैठकमा पनि नजाने


0
Shares

काठमाडौं, वैशाख २७ । नेकपा एमालेका माधव नेपाल पक्षले तत्काल सांसदबाट राजीनामा नदिने भएका छन् ।

तर उनीहरु आज बस्ने संसद बैठकमा पनि नजाने भएका छन् । सिंहदरबारमा बसेको नेपा पक्षीय सांसदहरुको बैठकले सामूहिक राजीनामा पनि नदिने र संसदको बैठकमा पनि नजाने निर्णय गरेको नेता भीम रावलले जानकारी दिनुभयो ।

आज बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिने कार्यक्रम छ ।

ओलीले लिन लागेको विश्वासको मतका विपक्षमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदहरु उभिने भएका छन् ।

नेपाल पक्षका सांसदहरु बैठकमा अनुपस्थित हुँदा ओलीले विश्वासको मत पाउने सम्भावना कम रहेको छ ।