२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


विश्वासको मत नपाए मार्गप्रशस्त गर्ने प्रधानमन्त्री ओलीको बाचा


0
Shares

काठमाडौं, वैशाख २७ । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभाबाट विश्वासको मत पाउन नसके मार्गप्रशस्त गर्ने बाचा गर्नुभएको छ ।

प्रतिनिधि सभामा विश्वासको मत माग्दै ओलीले आफ्नो प्रस्तावमा सांसदहरुले समर्थन नगरेमा अर्थात् विश्वासको मत नदिएमा मार्गप्रशस्त गर्ने बचन दिनुभएको हो ।

सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै ओलीले भन्नुभयो, ‘मैले सरकारको नेतृत्व गर्न जरुरी छ कि छैन संसदले आदेश दियोस् । छैन भने संसदको आदेशसँगै मार्गप्रशस्त हुन्छ । यसमा जालझेल षड्यन्त्र हुन्न ।’

त्यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीले विश्वासको मत लिने विषय पनि षड्यन्त्रकै खेल हो कि भन्दै कतै फेरि संसद विघटन गर्ने प्रपञ्च रच्न लागेको त होइन भन्ने प्रश्न गर्नुभएको थियो । सोही प्रश्नको जावफमा उहाँले यो बाचा गर्नुभएको हो ।

यद्यपि, उहाँले प्रतिनिधि सभा विघटन नहोस् भन्ने चाहने हो भने सरकार पूरै पाँचै वर्ष चलोस्, स्थिरता होस् भन्ने चाहेको भए आफूलाई मत हाल्न पनि आग्रह गर्नुभयो ।