
काठमाडौं, बैशाख २८ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा दुई साता थप्ने निर्णय जिल्ला प्रशासन कार्यालयहरुले गरेका छन् ।
काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको वैठकले निषेधाज्ञा जेठ १३ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।
निषेधाज्ञामा थप कडाई गर्ने निर्णय पनि उनीहरुले गरेका छन् ।
अत्यावश्यक बाहेकका निजी तथा सरकारी सवै कार्यालयहरु बन्द गरिने छ भने होटल र पार्टी प्यालेसमा हुने विवाहमा पनि रोक लगाइने भएको छ ।
राष्ट्रिय महत्वका आयोजना र आवसीय सुविधा भएका बाहेक अन्य निर्माण कार्य पनि बन्द गरिने छ ।
दैनिक उपभोग्य वस्तु खरिदका लागि भने विहान १० बजेसम्म उपभोग्य वस्तुका पसलहरु खोल्न दिइने भएको छ ।
यही बैशाख २२ गते थप गरिएको निषेधाज्ञाको अवधि भोलि २९ गते समाप्त हुदैछ ।
प्रतिक्रिया दिनुहोस्