२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


पूर्वराजा ज्ञानेन्द्र शाह कोरोनामुक्त


0
Shares

काठमाडौं, बैशाख २८ । पूर्वराजा ज्ञानेन्द्र शाह कोरोना भाइरसको संक्रमणबाट मुक्त हुनभएको छ ।

नर्भिक अस्पतालमा उपचार गराइरहनु भएका पूर्वराजाको दुई दिनअघि गरिएको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको अस्पाताले जनाएको छ ।

रिपोर्ट नेगेटिभ आए पनि उहाँलाई अक्सिजन दिएर उपचार जारी राखिएकोमा अहिले अक्सिजन दिन छाडिएको अस्पतालले जनाएको छ ।

यस्तै पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्थामा पनि लगातार सुधार भइरहेको अस्पतालले जनाएको छ ।

उहाँको स्वास्थ्य अवस्थामा सुधार आएपछि केही दिनअघि नै आइसियूबाट वार्डमा सारेर उपचार जारी राखिएको र अक्सिजनको मात्रा समेत घटाउँदै लगिएको पनि अस्पतालले जनाएको छ ।

यस्तै पूर्व अधिराजकुमारी प्रेरणा शाहको पनि कोरोना रिपोर्ट यसअघि नै नेगेटिभ आइसकेको छ ।