१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोरोनाको कहरः अमेरिकाद्वारा नेपाल भ्रमण नगर्न ट्राभल एड्भाइजरी जारी


0
Shares

काठमाडौं, वैशाख २९ । अमेरिकाले आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न सुझाएको छ ।

अमेरिकाले बुधबार एक ट्राभल एड्भाइजरी जारी कोभिड–१९ संक्रमणको जोखिमलाई ख्याल गर्दै आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न आग्रह गरेको जनाएको छ ।

सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले लेभल चारको भ्रमण सूचना जारी गर्दै नेपालमा कोभिड–१९ को संक्रमण निकै जोखिमपूर्ण अवस्थामा रहेको उल्लेख गरेको हो ।

अमेरिकी स्टेट डिपार्टमेन्टका अनुसार अर्को सूचना जारी नभएसम्म अमेरिकीहरुलाई नेपाल भ्रमण नगर्न भनिएको छ ।

नेपालबाट व्यवसायिक उडान नरहेको भन्दै नेपाल छाड्न चाहने अमेरिकीहरुका लागि चार्टर उडानको अनुमति दिन नेपाल सरकारसँग आग्रह गरिएको जानकारी पनि सूचनामा उल्लेख छ ।