१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोरोना कहरः ४ बजेपछि अक्सिजन दिन नसक्ने युनिभर्सल शिक्षण अस्पताल भैरहवाको घोषणा


0
Shares

बुटवल, वैशाख २९ । अक्सिजन नपाएपछि देशभरका अस्पतालहरु संकटमा परेका छन् । एकपछि अर्को गर्दै अस्पतालहरुले विरामीलाई सेवा दिन नसक्ने सूचना जारी गर्न थालेका छन् ।

यसैक्रममा भैरहवास्थित युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पतालले बुधबार दिउँसो ४ बजेपछि अक्सिजनसहितका उपचार दिन नसक्ने जनाएको छ ।

अस्पतालमा दैनिक ७ सय सिलिन्डर अक्सिजन खपत भइरहेकामा मागअनुसार आपूर्ति हुन नसकेकाले बुधबार दिउँसो ३ देखि ४ सम्मलाई मात्र अक्सिजन सिलिण्डर बाँकी भएकाले त्यसपछि उपचार दिन नसक्ने जनाएको हो ।

बिरामी र आफन्तलाई आफ्नो लागि आफैं अक्सिजन व्यवस्था गर्न भन्दै अस्पतालले एक हप्ताअघिदेखि माग अनुसारको अक्सिजन व्यवस्था गर्न विभिन्न उपाय लगाउँदा पनि जिल्लाका तीन उद्योग र बाहिरबाट पनि आपूर्ति नहुँदा बाध्य भएर सूचना निकाल्नु परेको जनाइएको छ ।

त्यहाँ कोभिड–१९ का ९० जनासहित दुई सय बिरामी उपचाररत भएको जनाइएको छ । जिल्लाका अक्सिजन उद्योगले दिन नसकेको र चितवनबाट आउनुपर्ने १५० जम्बो सिलिण्डर अक्सिजन पनि रोकिएपछि गएराति अस्पतालले जिल्ला प्रशासन कार्यालयमा पुगेर हारगुहार गरेको थियो ।