
एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ४ हजार २०५ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
कोरोनाका कारण मृत्यु हुनेको यो संख्या हालसम्मकै उच्च हो ।
मंगलबार मात्र ४ हजार १८७ जनाको मृत्यु भएको थियो ।
यस्तै थप तीन लाख ४८ हजार ४२१ जनामा संक्रमण देखिएको छ ।
तीन लाख ५५ हजार ३३८ जना संक्रमणमुक्त भएको छ ।
सक्रिय संक्रमितको संख्या ३७ लाख चार हजार ९९ रहेको छ ।
यता भारतमा हालसम्म १७ करोड ५२ लाख ३५ हजार ९९१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
प्रतिक्रिया दिनुहोस्