२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


स्याङ्जामा कोरोनाबाट मृत्यु हुनेको संख्या १८ पुग्यो


13
Shares

स्याङ्जा, बैशाख २९ । स्याङ्जामा कोरोना संक्रमणको दोस्रो लहर शुरु भएपछि कोरोनाबाट मृत्यु हुने संख्या १८ पुगेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाले १३ जना पुरुष र ५ जना महिलाको संक्रमणबाट मृत्यु भएको जनाएको हो ।

स्याङ्जामा पहिलो चरणको कोरोना संक्रमणबाट २१ जनको मृत्यु भएको थियो ।

११ स्थानीय तह रहेको स्याङ्जामा संक्रमणबाट वालिङ र गल्याङ् नगरपालिकामा सबै भन्दा बढीको मृत्यु भएको छ ।

वालिङमा मात्रै संक्रमितको संख्या १ सय ९४ पुगेको छ ।

संक्रमितको संख्यामा वालिङ पछि पुतलीबजार र चापाकोट नगरपालिकामा रहेका छन् ।

जिल्लामा ६ सय २८ संक्रमित रहेका छन् ।