
तस्विर फाइल
अर्घाखाँची, बैशाख २९ । जिल्ला अस्पताल अर्घाखाँचीमा कोरोनाका बिरामीलाई बेडको अभाव भएको छ ।
१० बेडको एचडियु र ६ बेडको जनरल गरी १६ वटा बेड कोरोनाका बिरामीको उपचारको लागि भए पनि हाल अस्पतालले २३ जना बिरामी राखेर उपचार गरिरहेको अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले जानकारी दिनुभयो ।
हालसम्म अस्पतालमा भर्ना भएका कोरोना संक्रमित ६५ जना बिरामी मध्ये ३९ जना बिरामी डिस्चार्ज भएको गौतमको भनाइ छ ।
जिल्लामा पछिल्लो १५ दिनमा १० जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका सुचना अधिकारी विजय विकले बताउनुभयो ।
हाल जिल्लामा ५ सय १३ जना संक्रिय संक्रमित रहेका बताईएको छ ।
प्रतिक्रिया दिनुहोस्