अर्घाखाँचीमा कोरोनाका बिरामीका लागि बेडको अभाव • Image Khabar Image Khabar


अर्घाखाँचीमा कोरोनाका बिरामीका लागि बेडको अभाव


Imagekhabar
२९ बैशाख २०७८, बुधबार १४:४२

अर्घाखाँचीमा कोरोनाका बिरामीका लागि बेडको अभाव

अर्घाखाँची, बैशाख २९ । जिल्ला अस्पताल अर्घाखाँचीमा कोरोनाका बिरामीलाई बेडको अभाव भएको छ ।

१० बेडको एचडियु र ६ बेडको जनरल गरी १६ वटा बेड कोरोनाका बिरामीको उपचारको लागि भए पनि हाल अस्पतालले २३ जना बिरामी राखेर उपचार गरिरहेको अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले जानकारी दिनुभयो ।

हालसम्म अस्पतालमा भर्ना भएका कोरोना संक्रमित ६५ जना बिरामी मध्ये ३९ जना बिरामी डिस्चार्ज भएको गौतमको भनाइ छ ।

जिल्लामा पछिल्लो १५ दिनमा १० जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका सुचना अधिकारी विजय विकले बताउनुभयो ।

हाल जिल्लामा ५ सय १३ जना संक्रिय संक्रमित रहेका बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्