
काठमाडौं, बैशाख २९ । नेकपा एमालेको माधव नेपाल पक्षले नयाँ दल खोल्ने कसरत अघि बढाएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूहरुका माग पूरा नगरेको भन्दै नेपाल पक्षले नयाँ दलको नाम, निर्वाचन चिन्ह, पदाधिकारी सूचि लगायतका कसरत अघि बढाएको बुझिएको छ ।
बामदेव गौतमलाई पनि समेटेर नयाँ दल बनाउने तयारी भएको जनाइएको छ । नेपाल पक्षकी नेतृ अष्टलक्ष्मी शाक्यले ओलीको रणनीतिलाई टक्कर दिन नयाँ पार्टी गठनको गृहकार्य सुरु भएको जानकारी दिनुभएको हो ।
शाक्यले प्रधानमन्त्री ओली नेतृत्वको सरकार विस्थापित गरी नयाँ सरकार निर्माणमा समेत आफ्नो समुहको सहयोग हुने बताउनुभयो ।
नयाँ सरकार गठनलाई सहज बनाउन माधव नेपाल पक्षका २० जना प्रत्यक्ष निर्वाचित सांसदले राजीनामा दिने सम्भावना बढेको पनि बताइएको छ ।
त्यसरी राजीनामा दिनेहरुलाई उपनिर्वाचनमा साझा उम्मेदवार बनाएर जिताउनु पर्ने शर्तसहित उनीहरुलाई राजीनामा गराउने बुझिएको छ ।
प्रतिक्रिया दिनुहोस्