२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025


नेपालमा कोरोनाको महामारी गम्भीर अवस्था पुगेको भन्दै चिकित्सक संघद्वारा ‘रेड अलर्ट’ जारी


0
Shares

काठमाडौं, बैशाख २९ । नेपाल चिकित्सक संघले नेपाल कोरोना महामारीको गम्भीर अवस्थामा पुगेको भन्दै देशभर रेड अर्लट घोषणा गरेको छ ।

संघले आज विज्ञप्ति जारी गर्दै महामारी तिव्र रुपमा बढ्दै जाँदा देशको स्वास्थ्य संरचनाले थेग्न नसकेको भन्दै रेड अर्लट घोषणा गरेको हो ।

कोरोना महामारीमा सिंगो राष्ट्र एकजुट भएर जीवन रक्षाका लागि काम गर्न पनि संघले आग्रह गरेको छ ।

सरकारले वेलैमा तयारी नगर्दा यो अवस्था उत्पन्न भएको भन्दै अब केही महिना राजनीतिक जोड घटाउ र अन्य प्राथमिकतालाई स्थगित गरेर जनताको जीवन रक्षा गर्दै महामारीलाई परास्त गर्ने काममा लाग्न प्रधानमन्त्रीदेखि राजनीतिक दलहरुलाई आग्रह गरिएको छ ।

चिकित्सक संघले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महामारी नियन्त्रणका लागि सबै दललाई एक ठाउँमा ल्याएर महामारी विरुद्ध जुटनका लागि अभिभावकीय भूमिका निर्वाह गर्न आग्रह गरेको छ ।