
काठमाडौं, बैशाख २९ । काभ्रेपलाञ्चोक जिल्लाको बेथान्चोक गाउँपालिका वडा नम्बर–५ मदनबासका सयौँ परिवार बिरामी परेका छन् ।
बिरामी परेका सबै परिवारमा कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएको छ ।
केहि दिन अघि गाउँमा आयोजना गरिएको विवाह भोजमा सहभागि भएका सबै स्थानीयहरु विरामी परेको स्थानीयले बताएका छन् ।
सयौँ परिवार बिरामी पर्दा पनि गाउँपालिकाले वास्ता नगरेको स्थानीयले आरोप लगाएका छन् ।
हाल निषेधाक्षालाई पालना गराउन गाउँपालिकाले सूचना जारी गरी भिडभाड नगर्न, भोज भतेर नगर्न आग्रह गरे पनि नियमन नहुँदा भिडभाड जम्मा गर्ने, भोज भतेर गर्ने कार्य नरोकिएको स्थानीयले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्