१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अमेरिका र युरोपेली युनियनले खोप र स्वास्थ्य सामग्रीमा सघाउँदै, अर्को सातासम्म अमेरिकी सहयोग सामग्री आउने


0
Shares

us embassy press release on citizen policy

काठमाडौं, वैशाख ३० । कोरोना महामारीको चरम संकटमा फसेको नेपाललाई सघाउन अमेरिका र युरोपियन युनियन तयार भएका छन् ।

नेपाल आवश्यक पर्ने स्वास्थ्य सामग्री उपलब्ध गराउनका लागि आवश्यक सहयोग गर्न उनीहरु तयार भएका हुन् ।

यसैक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेलले बिहीबार अमेरिकी राजदूत रेन्डी बेरीसँग टेलिफोन संवाद गरी नेपाललाई सक्दो छिटो खोप उपलब्ध गाराउने वातावरण मिलाउन आग्रह गर्नुभयो ।

उपप्रधानमन्त्री पोखरेलले अमेरिकी सरकारबाट खोप, भेन्टिलेटर, पीपीई, अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्रेटर, मोबाइल अक्सिजन प्लान्ट, औषधि, खोप र खोपसँग सम्बन्धित सामग्री, अस्थायी अस्पतालका लागि आवश्यक पूर्वाधारको पनि सहयोगको अपेक्षा गरिएको बताउनुभएको थियो ।

जवाफमा अमेरिकी राजदूत बेरीले नेपाललाई अर्को सातासम्म अमेरिकी सरकारका तर्फबाट स्वास्थ्य सामग्री सहयोग आउने बताउनुभएको मन्त्री पोखरेलले सचिवालयले जनाएको छ ।

अमेरिकी राजदूत बेरीले हप्तामा दुई वटा अन्तर्राष्ट्रिय उडान गर्ने वातावरण बनाइदिन उपप्रधानमन्त्री पोखरेलसँग आग्रह गर्नुभएको थियो ।

उता, युरोपेली युनियनले भने कोरोना महामारी सामना गर्न नेपाललाई २८ करोड २० लाख रुपैयाँ बराबरको सहयोग गर्ने भएको छ ।

जसमा होम आइसोलेसनमा बसेकालाई टेलि–हेल्थ, टेली–मेडिसिन सेवा प्रदान गर्ने, राष्ट्रिय आपतकालीन मेडिकल टोली परिचालन गर्ने, अन्तर्राष्ट्रिय आपतकालीन मेडिकल टोलीहरुको परिचालनमा सहजीकरण र नेपालमा कोभिड–१९ सम्बन्धी उपकरण खरिद तथा आपूर्ति गर्न सघाउने ईयुले जनाएको छ ।

EU ambassador to Nepal

उपकरण र आपूर्तिमा मुख्यतः अक्सिजन उपकरणहरु, अक्सिजन ग्यास सिलिन्डर, अक्सिजन कन्सन्ट्रेटर, होमकेयर किट्स, एन्टिजेन टेस्ट किट्स, पीपीई लगायत रहने छन् ।

सोही सहायताअन्तर्गत फिनल्याण्डले २० लाख सर्जिकल फेस मास्क, ३ लाख ५० हजार एफएफपी मास्क, ५२ हजार ५०० जोर भिनेल पञ्जा र ३० हजार आइसोलेसन गाउन उपलब्ध गराएको छ ।