
काठमाडौं, वैशाख ३० । राष्ट्रपति कार्यालयले बिहीबार साँझ ९ बजेसम्म दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्ने सदस्यले प्रधानमन्त्रीमा दाबी पेश नगरेको जनाएको छ ।
राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले विज्ञप्ति जारी गरी बहुमतको सरकार गठनका लागि राष्ट्रपति भण्डारीले दिएको बिहीबार राति ९ बजेसम्म कसैको पनि दावी नपरेको जनाउनुभएको हो ।
अब संविधानको धारा ७६ को उपधारा ३ बमोजिम सबैभन्दा ठूलो दल नेकपा एमालेका संसदीय दलका नेता केपी ओली प्रधानमन्त्री नियुक्त हुने भएका छन् ।
ओली वैशाख २७ गते प्रतिनिधि सभामा भएको विश्वासको मतको मतदानमा आवश्यक बहुमत जुटाउन नसकेपछि पदमुक्त हुनुभएको थियो ।
विश्वासको मत लिन नसकी पदमुक्त भएपछि राष्ट्रपति भण्डारीले बहुमतको सरकार गठनका लागि तीन दिनको समय दिँदै बिहीबार राति ९ बजेसम्म आउन आह्वान गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्