१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ओली र नेपालबीच आज पनि भेटवार्ता हुँदै, कार्यदल गठनलगायतका विषयमा छलफल हुने


0
Shares

काठमाडौं, वैशाख ३१ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधव नेपालबीच शुक्रबार पनि भेटवार्ता हुने भएको छ ।

साँझ ६ बजे सिंहदरबारमा हुने भेटवार्तामा ओली र नेपालले आफू पक्षीय नेताहरुलाई पनि सामेल गराउने जनाइएको छ ।

वार्तामा नेपाल पक्षबाट नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुषाल, गोकर्ण बिष्ट र रघुजी पन्त सहभागी हुने बताइएको छ । ओलीले पनि आफूनिकटका नेताहरुलाई सामेल गराउनुहुनेछ ।

विहीबार मात्र नेता ओली र नेपालबीच लामो छलफल भएपछि ओलीविरुद्धमा रहेका नेपाल पक्षका नेताहरुले सांसद सदस्य पदबाट राजीनामा नगर्ने निर्णयमा पुगेका थिए ।

नेपाल समूहको सहयोग र जसपाको ठाकुर समूहको तटस्थताकै कारण विपक्षी गठबन्धनले बहुमतीय सरकारका लागि दावी पेश गर्न सकेनन् भने ओली फेरि प्रधानमन्त्रीमा नियुक्त भएर शपथ लिइसक्नुभएको छ ।