
तस्विर फाइल
काठमाडौं, बैशाख ३१ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको राजनीति रहस्यमय बाटोमा धकेलिएको टिप्पणी गर्नुभएको छ ।
प्रतिनिधिसभामा विश्वासको मत लिन नसकेका प्रधानमन्त्री केपी शर्मा ओली नै पुनः प्रधानमन्त्री बन्नु कयौ संसय उब्जाएको उहाँले बताउनुभयो ।
शुक्रबार संघीय संसद भवन नयाँ वानेश्वरमा कोभिड १९ विरुद्धको खोपको दोश्रो डोज लगाएर बाहिरिदै गर्दा संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै उहाँले मुलुकको राजनीति रहश्यमय बाटोमा अघि बढेको र सयौ संसयहरु उब्जाएको बताउनुभएको हो ।
उहाँले अझै पनि संसद विघटन गर्ने प्रयत्नै जारी नै रहेको दाबी पनि गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्