१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


घर पोत्ने माटो खन्नेक्रममा ढिस्कोले पुरिएर आमा र छोराको मृत्यु


0
Shares

बागलुङ, बैशाख ३१ । बागलुङको निसीखोलामा माटोको ढिस्कोले पुरिएर आमा र छोराको मृत्यु भएको छ ।

शुक्रबार दिउँसो निसीखोला गाउँपालिका वडा नम्बर २ काल्नेचौरमा घर पोत्ने माटो खन्ने क्रममा पुरिएर मृत्यु भएको स्थानीय शिक्षक मानबहादुर केसीले जानकारी दिनुभयो ।

माटोको ढिस्कोले पुरिएर स्थानीय ३३ वर्षीया भवी कुँवर र उनका १२ वर्षीय माइलो छोरा सुरेश कुँवरको मृत्यु भएको केसीले जानकारी दिनुभयो।

घटनाको थाहा पाएपछि स्थानीयको सक्रियतामा उनीहरुको मृत अवस्थामा उद्धार गरिएको केसीले बागलुङ पोस्टलाई बताउनुभयो ।