२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सर्लाहीमा फौजी कीराले मकैमा क्षति पुर्‍यायो


0
Shares

सर्लाही, बैशाख ३१ । सर्लाहीको मकै बालीमा यस वर्ष पनि फौजी कीराले क्षति पुर्‍याउन थालेको छ ।

भर्खरै उम्रिएको र गोड्ने बेला भएको मकै बाली फौजी कीराले नष्ट गर्न थालेपछि यहाँका कृषक चिन्तित बनेका छन् ।

जिल्लाको बयलवास, कालिन्जोर, परवानीपुर, बागमती जियाजोरलगायत उत्तरी भेगका कृषकले लगाएको मकै बालीमा फौजी कीराको प्रकोप देखिएको हो ।

मकै उम्रिनासाथ फौजी कीराले डाँठ र पात दुवै खाएर नष्ट गर्न थालेको ईश्वरपुर नगरपालिका–१२, कालिन्जोरका कृषकले बताएका छन् ।

विगत तीन वर्षदेखि नै फौजी कीराले क्षति पुर्‍यारहेको र औषधि प्रयोग गर्दा पनि कीरा नियन्त्रणमा आउन नसकेको कृषकको गुनासो छ ।

सुख्खा क्षेत्रमा फौजी कीराको प्रकोप बढी देखिएको लालबन्दी नगरपालिकाका कृषि शाखाका प्रमुख एवं कृषि अधिकृत गोकर्ण पौडेलले बताउनुभयो ।