२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


स्याङ्जामा एकैदिन ६ जना संक्रमितको मृत्यु


0
Shares

स्याङ्जा, बैशाख ३१ । स्याङ्जाका एकैदिन ६ जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट गल्याङ नगरपालिका र पुतलीबजा नगरपालिकाका दुई/दुई जना, वालिङ नगरपालिकाका र आधिँखोला गाउँपालिका एक/एक जना कोरोना संक्रमितको उपचारको क्रममा पोखरामा मृत्यु भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता एवम् निर्देशक विनोद विन्दु शर्माका अनुसार पुतलीबजार नगरपालिका वडा नं ६ का ३३ वर्षीय कोरोना संक्रमित पुरुषको यसैगरी पुतलीबजार नगरपालिका वडा नं ३ का ७० वर्षीय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्युभएको हो ।

शर्माका अनुसार गल्याङ नगरपालिका वडा नं ३ का २६ वर्षीय पुरुष मृत्यु भएको र त्यसै गरी गल्याङ नगरपालिका वडा नं ११ का ५७ वर्षीय कोरोना संक्रमित पुरुषको मणिपाल शिक्षण अस्पताल पाखेरामा मुत्यु भएको छ । उहाँलाई बैशाख २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

आधिँखोला गाउँपालिका वडा नं ३ का ५१ वर्षीय पुरुषको गण्डकी मेडिकल कलेज पोखरामा मुत्यु भएको छ ।

गरी वालिङ नगरपालिका वडा नं १० की ५३ वर्षीय कोरोना संक्रमित पुरुषको गण्डकी मेडिकल कलेज, पोखरामा उपचारको क्रममा मृत्यु भएको छ । उहाँलाई बैशाख १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य निर्देशनालय पोखराका अनुसार २४ घण्टामा स्याङ्जामा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाको तथ्याङ्क अनुसार जिल्लामा कोरानाका संक्रिय संक्रमितको संख्या ८४९ रहेको छ भने कोरोना संक्रमणबाट मृत्यु हुनको संख्या ५० पुगेको जानकारी दिएको छ ।