
फाइल फोटो
बागलुङ, बैशाख ३१ । गण्डकी प्रदेशमा हरेक दिन कोरोना संक्रमणबाट मृत्यु हुनेको दर तीब्र रुपमा बढिरहेको छ ।
पछिल्लो २४ घण्टामा थप २३ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।
पोखराका विभिन्न अस्पतालमा २२ जना र बागलुङको धौलागिरी अस्पतालमा १ जना गरी २३ जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।
मृत्यु भएकाहरुमध्ये कास्कीका १० जना, स्याङ्जाका ६ जना, बागलुङ र तनहुँका ३/ ३ जना तथा पाल्पाका १ जना हुन् । योसँग प्रदेशमा मृतकहरुको संख्या ३४१ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय जनाएको छ ।
गण्डकी प्रदेशका ११ जिल्लामा पछिल्लो समय संक्रमणको दर उच्च छ ।
प्रतिक्रिया दिनुहोस्