७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


पार्टी विवाद समाधानतर्फ उन्मुख : नेपाल समूह


0
Shares

काठमाडौं, बैशाख ३१ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्र आफूहरुको वटमलाइन सम्बोधन हुने दाबी गर्नुभएको छ ।

संघीय संसद भवन नयाँ वानेश्वरमा कोभिड विरुद्धको दोस्रो डोज खोप लगाएर बाहिरिने क्रममा नेता नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओली २०७५ जेठ २ को संरचना अनुसार पार्टी सञ्चालन गर्न सहमत भएको दाबी गर्नुभएको हो ।

नेता नेपालले पार्टीभित्र देखिएको विवाद समाधान गर्न थप छलफल गरिने बताउनुभयो ।

यस्तै एमाले उपाध्यक्ष भिम रावलले भने राजनीतिले दिशा परिर्वतन गरिनसकेको बताउनुभएको छ ।

आन्तरिक व्यवस्थापनका दृष्टिले स्थिति केही फेरबदल भएपनि मूलभूत फेरबदलको अनुभूति हुनका लागि अझै मेहनत गर्नुपर्ने अवस्थामा पार्टी रहेको रावलको टिप्पणी छ ।

बिहीबार पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच करिव चारघण्टा वार्ता भएसँगै पार्टीभित्रको विवाद अलि मथ्थर भएको वुझिएको छ ।

नेपाल समूहले २०७७ फागुन २८ छाडेर २०७५ जेठ २ मा फर्कनुपर्ने बटमलाइन राखेको छ ।

गत फागुन २८ मा अध्यक्ष ओलीले एकतर्फी रुपमा महाधिवेशन घोषणा गर्नुभएको थियो भने पार्टी विधान संशोधन समेत गर्नुभएको थियो ।