
सिन्धुपाल्चोक, कात्तिक १०। सिन्धुपाल्चोकको लामोसाँघुमा रहेको विद्युत सबस्टेशनमा आगलागी भएको छ । आगलागीबाट ठूलो क्षति भएको छ ।
नेपाल आर्मी, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय र चौतारा नगरपालिकाको दमकलको सहायतामा करिब एक घण्टापछि आगो नियन्त्रणमा लिइएको छ ।
क्षतिको एकिन विवरण भने आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख, एसपी प्रज्वल महर्जनले बताएका छन् ।
सबस्टेशनमा रहेको तेलमा समेत आगो लाग्दा नियन्त्रणमा लिन गाह्रो परेको थियो ।
प्रतिक्रिया दिनुहोस्