
काठमाडौं, जेठ २ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले पार्टीमा देखिएका सबै विवाद समाधान भएर एकता कायम हुने विश्वास दिलाउनुभएको छ ।
सिंहदरबारमा नेता माधव नेपालसँगको कुराकानीपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले पार्टी मिल्छ, एकता हुन्छ भन्नुभयो ।
प्रधानमन्त्री ओलीले आउँदो आर्थिक वर्षको बजेट संसदमै पेश गरिने पनि प्रष्ट गर्नुभयो । बजेट अध्यादेशबाट ल्याउने हो भन्ने प्रश्नमा प्रधानमन्त्रीको जवाफ थियो, ‘प्रतिनिधि सभा जीवितै छ ।’
पार्टीलाई एकलौटी ढंगले चलाउन खोजेपछि चरम संकटमा फसेको एमालेमा माधव नेपाल पक्ष बिनै बसेको गत फागुन २८ का निर्णय फिर्ता लिएर पार्टीलाई २०७५ जेठ २ कै संरचनाअनुसार अगाडि बढाउनेबारे दुई नेताबीच केही दिनयता लगातार संवाद भइरहेको छ ।
त्यही क्रममा आइतबार दुई नेताले पाँच/पाँच जना सदस्य रहेको कार्यदल बनाउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्