
काभ्रे, जेठ २ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले सोमबारबाट जिल्लाभर निषेधाज्ञा गर्ने भएको छ ।
निश्चित क्षेत्र तोकेर बैशाख २६ गते मध्यरातीबाट लागु हुनेगरी दोस्रो पटक थपिएको निषेधाज्ञाको समयावधि आज (आइतबार) सकिँदै छ ।
जिल्लामा कोरोना संक्रमणदर उच्च रुपमा बढ्दै गएपछि प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले सुचना जारी गर्दै जेठ २ गते राती १२ बजेबाट जेठ १२ गते राती १२ बजेसम्म जिल्लाभरि लागु हुनेगरी निषेधाज्ञा थप गरिएको जानकारी दिनुभयो ।
यस्तै बैतडीमा जारी निषेधाज्ञा पनि जेठ १७ गतेसम्म लम्बिएको छ ।
आइतबार प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जारी गरेको आदेशमा निषेधाज्ञा थप १५ दिन लम्बिएको हो ।
प्रतिक्रिया दिनुहोस्