
पोखरा, जेठ २ । पोखरामा आर्थिक अवस्था कमजोर भएका कोरोना संक्रमित बिरामीका लागि अस्पताल आउजाउ गर्न पर्यटन व्यवसायीले निशुल्क एम्बुलेन्स सेवा सुरु गरेका छन् ।
उनीहरुले पहिलो चरणमा सरकारी अस्पतालसम्म बिरामी आउन र अस्पतालबाट घर फर्किन थालेका बिरामी र आफन्तलाई आवत जावमा सघाउने छन् ।
अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई र अर्का व्यवसायी टिकाराम सापकोटा मिलेर निशुल्क एम्बुलेन्स सुविधा दिन थालेका हुन् ।
भट्टराई र सापकोटालाई अरु व्यवसायीले पनि सघाएका छन् ।
निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्नका लागि व्यवसायी आफैले रकम जुटाएका हुन् ।
प्रतिक्रिया दिनुहोस्