
नवलपरासी, जेठ २ । पश्चिम नवलपरासीमा कोरोना संक्रमित हुनेमा युवाहरुको संख्या धेरै रहेको पाइएको छ ।
दोस्रो लहरमा फैलिएको संक्रमणमा २५ देखि ४० वर्ष उमेर समुहका युवाहरुमा बढी संक्रमण देखिएको स्वास्थ्य कार्यालयका प्रमुख कृष्ण प्रसाद पोखरेलले जानकारी दिनुभयो ।
मृत्यु हुने उमेर समुह भने ४० देखि ५० वर्षका बढी छन् ।
२० देखि कम उमेर समुहका कसैको पनि मृत्यु भएको छैन ।
मृत्यु हुने पुरुषको संख्या महिलाको भन्दा तीनगुणा बढी छ ।
बैशाखदेखि अहिलेसम्मको एक महिनाको अवधिमा १८ महिला र ४४ पुरुष गरी कुल ६२ जनाको मृत्यु भएको छ ।
हरेक दिन जिल्लामा २ देखि ४ जनासम्मको मृत्यु हुने गरेको छ ।
होम आईसोलसनमा बसेकाहरु गंभिर अवस्थामा पुगेपछि मात्र अस्पताल आउने भएकाले पनि मृत्यु दर बढेको स्वास्थ्य कार्यालय पश्चिम नवलरासीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्