१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


स्याङ्जाका सबै पालिकामा अक्सिजनसहितको आइसोलेसन सेन्टर निर्माण


0
Shares

स्याङ्जा, जेठ २ । स्याङ्जाका सबै पालिकामा आइसोलेसन सेन्टर निर्माण गरिएको छ ।

स्याङ्जाका ५ नगरपालिका र ६ गाउँपालिकामा कोरोना संक्रमण बढ्दै गएपछि अक्सिजनसहितको आइसोलेसन सेन्टर निर्माण गरिएको हो ।

जिल्लाका ११ पालिकाहरुले निर्माण गरेका १५ वटा आइसोलेसन सेन्टरमा १ सय २९ वटा अक्सिजनसहित २ सय ५५ वटा बेड तयारी अवस्थामा राखिएको जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाले जनाएको छ ।