
दिपेन्द्र अधिकारी
काठमाडौं, जेठ २ । त्रिभुवन विश्व विद्यालयबाट फर्कँदा १५ वर्षको लगानीको सावाँ ब्याज लिएरै फर्कने अडानका साथ आन्दोलनमा उत्रेका आंशिक प्राध्यापकहरुले वैकल्पिक कक्षा बहिष्कार गरेका छन् । प्राध्यापकका आन्दोलनले कोरोनाले अस्तव्यस्त बनेको विश्व विद्यालयको क्यालेण्डर व्यवस्थापनमा थप चुनौती देखिएको छ ।
विश्वविद्यालयले पटक पटक जिल्याउँदै आएको भन्दै आंशिक प्राध्यापकहरुले आन्दोलनलाइ सशक्त बनाएका छन् ।
महामारीका कारण पठक पाठनको विकल्प बनेको वैकल्पिक कक्षा उनीहरुले बहिष्कार गरेका हुन् ।
केही क्याम्पसहरुका भर्चुअल कक्षा बन्द भैसकेका छन् भने अन्यमा पनि बन्द गर्न आंशिक प्राध्यापक संघले सर्कुरल जारी गर्ने तयारी गरेको छ ।
जेठ १ गतेबाट क्याम्पस कन्द्रीत आन्दोलन थालेका उनीहरु यतिखेर भौतिक रुपमा आन्दोलन स्थगन गरि भर्चुअल कक्षा ठप्प पार्ने योजनामा छन् ।
अहिलेको कक्षा सञ्चालनको निरन्तरताको लागि भर्चुअल माध्यमको विकल्प छैन ।
६० प्रतिशत भन्दा बढी कक्षाभार धान्दै आएका आंशिक प्राध्यापक भने यतिखेर यही कक्षा बन्द गर्नेमा पुगको छन् ।
विश्व विद्यालयले लामो समयदेखि शोषण गर्दै आएकाले संकटको समयमा पनि आन्दोलन गर्न बाध्य भएको उनीहरुको दाबी ।
आंशिक प्राध्यपकहरुले भर्चुअल कक्षा स्थगित गरेको सूचना विश्व विद्यालयका पदाधिकारीहरुले प्राप्त गरेका छैनन् ।
विश्व विद्यालयले भने आंशिक र करार नै नरहने गरि त्रिवि सेवा आयोग पास गरेर आउन भनेको छ ।
आंशिक प्राध्यापकलाई करार गर्न आलटाल गर्ने विश्व विद्यालय र करारको माग गर्दै आन्दोलन गर्ने प्राध्यापकहरुको जुहारी चलेको १५ वर्ष भैसक्यो ।
यसवीच राजनीतिक दलको कोटाबाट नियुक्त भएका पदाधिकारीको राजनीतिक मुद्दा पनि बन्यो तर कसैले पनि माग सम्बोधन नगरको उनीहरुको गुनासो छ ।
विश्व विद्यालयले बौद्धिक उर्जा शैक्षिक गुणस्तरमा खपत गर्न सकेको छैन ।
विश्व विद्यालयका पदाधिकारी बौद्धिक शोषण गर्न उद्दत रहेको र पदाधिकारीको दोहोरो चरित्रका कारण माग सम्बोधन नभएको आरोेप आंशिक प्राध्यापकको छ भने माग सम्बोधन गर्न विश्व विद्याय सधै तत्पर रहको पदाधिकारीको दाबी छ ।
कहिल्यै नटुगिंने यो जुहारीले भद्रगोल क्यालेण्डरलाई समाधान गर्न अझ चुनौती थपेको छ ।
प्रतिक्रिया दिनुहोस्