१३ बैशाख २०८२, शनिबार | Sun Apr 27 2025

मध्यपूर्वमा रहेका नेपालीहरुले ५६० वटा अक्सिजन सिलिण्डर नेपाललाई हस्तान्तरण


0
Shares

काठमाडौं, जेठ २ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सुरु गरेको ’नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ’ अभियानमार्फत नेपाल ल्याइएका ५६० अक्सिजन सिलिण्डर नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ ।

मध्यपूर्वमा रहेका नेपालीहरु एवं ओमानस्थित नेपाली दूताबासको सहयोग तथा सहकार्यमा नेपाल ल्याईका ७५ लाख रुपैयाँ भन्दा बढीको अक्सिजन सिलिण्डर संघका अध्यक्ष कुमार पन्त र संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गर्नुभएको हो ।