
काठमाडौं, जेठ ३ । नेकपा(माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले अझै पनि कम्युनिष्ट पार्टीहरुबीचको एकता आवश्यक रहेको बताउनुभएको छ ।
नेता श्रेष्ठले नेपाली क्रान्तिलाई अगाडी बढाउन र समाजवाद स्थापना गरी कम्युनिष्ट आन्दोलनलाई विश्व साम्यवादको दिशातिर लैजाने उद्देश्य प्राप्तिका लागि कम्युनिष्ट पार्टीहरुको एकता आवश्यक रहेको बताउनुभएको हो ।
विगतमा नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)ले राजनीतिक परिवर्तनको रक्षा गरी राष्ट्रिय स्वाधिनता सुदृढ गर्ने, सामाजिक–आर्थिक रुपान्तरण गर्ने र समाजवाद स्थापना गर्ने लक्ष्य साथ पार्टी एकिकरण गरिएको भएपनि देशी विदेशी शक्तिहरुको योजनामा पार्टी फुटाइएको नेता श्रेष्ठको भनाई छ ।
पार्टी एकताको उद्देश्य, लक्ष्य, मर्म र भावना पार्टी पंक्तिमा पु¥याउन नसक्नुपनि कमजोरी भएको उहाँले बताउनुभयो ।
कम्युनिष्ट पार्टीको उद्देश्य प्राप्तिका लागि पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने उहाँको भनाई छ ।
नेता श्रेष्ठले पहिले आफ्नो पार्टीलाई नै रुपान्तरण गर्नुपर्ने अवस्था रहेको पनि औल्याउनुभयो ।
विगतमा पार्टी एकता गर्नु गल्ती नभएपनि समयमै विभिन्न विषयमा ध्यान दिन नसक्नु कमजोरी भएको र सो कमजोरी सच्याउन खोज्दा पार्टीलाई विभाजन गराइएको उहाँको भनाई छ ।
यद्यपी कम्युनिष्ट पार्टीहरुबीचको एकिकरण गर्न आफुहरुले हिम्मत नहार्ने उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्