२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


कोभिड भएका विरामी अब नि:शुल्क आइसोलेसन सेन्टरमा बस्न पाउने


39
Shares

काठमाडौं, जेठ ३ । क्षेत्रपाटीस्थित पुरानो गोर्खा अस्पतालको भवनमा स्थापना गरिएको कोभिड आइसोलेशन एवं प्राथमिक उपचार केन्द्र संचालनमा आएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघलेको एफएनसीसीआई अपरेशन कोभिड रिलिफ नेपाल अन्तरगत आइसोलेशनको रुपमा स्थापना गर्नका लागि सो अस्पताल संचालनमा ल्याईएको हो ।

केन्द्रमा कोभिड भई घर वा कोठामा नै आइसोलेशनमा बसी हेरचाह, रेखदेख गर्न सम्भव नरहेका विरामीहरूलाई उचित खाना, औषधि, वासस्थानको व्यवस्था गरी स्वास्थ्यकर्मीहरूको निगरानीमा राख्ने व्यवस्था गरिएको छ ।

केन्द्र अन्तरगत आइशोलेशनमा रहेका विरामीहरूलाई आपतकालिन रूपमा अक्सिजन दिनुपर्ने भएमा अक्सिजन दिई प्राथमिक उपचार गर्ने वा आवश्यकता अनुसार चिकित्सकको सल्लाहमा विरामीहरूलाई सम्बन्धित अस्पतालमा पठाउने व्यवस्था हुनेछ ।

केन्द्रमा हाल ५० वटा बेड सञ्चालमा ल्याएको छ । आवश्यकताका आधारमा विस्तार गर्दै पछि १ सय वेडसम्म पुरयाइने योजना छ ।

यसै गरी महासंघले भगवान महावीर जैन–निकेतन, आरम्भ फाउण्डेशन र का.म.न.पा.वडा नम्वर २९ को सहयोग एवं सहकार्यमा घरमा आईसोलेसनमा बस्न सम्भव नहुनेका लागि वैशाख ३० गतेदेखि काठमाडौंको कमलपोखरीस्थित जैन निकेतमा पनि ५० बेडको निशुल्क ड्राई आइशोलेशन केन्द्र सञ्चालनमा ल्याएको छ ।