
web pic
रुकुम, जेठ ३ । रुकुम पश्चिमको बाफिकोटमा सोमबार ट्याक्टर दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छ्न ।
दुर्घटनामा बाफिकोट गाउपालिका ६ का १६ वर्षिय आशिस केसिको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक कपिल शाहिले बताउनुभयो ।
रा १ त ३८९५ नम्बरको ट्याक्टर बाफिकोट गाउँपालिका ६ बाट ढुङ्गा बोकेर जाँदै गर्दा बाफिकोट ७ दुलिङ खोलामा अनियन्त्रित हुदा दुर्घटना भएको हो ।
दुर्घटनाना परि मुसिकोट नगरपालिका ७ का चालक मन बहादुर बिक र अर्का सहचालक घाईते भएका छन् ।
घाईतेहरुलाई स्थानीय र प्रहरीले उद्धार गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्