रुकुममा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु, २ जना घाईते • Image Khabar Image Khabar


रुकुममा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु, २ जना घाईते


Imagekhabar
३ जेष्ठ २०७८, सोमबार २०:१३

रुकुममा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु, २ जना घाईते

रुकुम, जेठ ३ । रुकुम पश्चिमको बाफिकोटमा सोमबार ट्याक्टर दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छ्न ।

दुर्घटनामा बाफिकोट गाउपालिका ६ का १६ वर्षिय आशिस केसिको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक कपिल शाहिले बताउनुभयो ।

रा १ त ३८९५ नम्बरको ट्याक्टर बाफिकोट गाउँपालिका ६ बाट ढुङ्गा बोकेर जाँदै गर्दा बाफिकोट ७ दुलिङ खोलामा अनियन्त्रित हुदा दुर्घटना भएको हो ।

दुर्घटनाना परि मुसिकोट नगरपालिका ७ का चालक मन बहादुर बिक र अर्का सहचालक घाईते भएका छन् ।

घाईतेहरुलाई स्थानीय र प्रहरीले उद्धार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्