
एजेन्सी, जेठ ४ । अमेरिकी राष्ट्रपति जो बाइडेनले गत वर्ष डेढ लाख आयकर तिरेका छन् ।
गतवर्षको सार्वजनिक गरिएको आयकरमा राष्ट्रपति बाइडेन र प्रथम महिला डा. जिल बाइडेनले ६ लाख सात हजार ३३६ डलर आय गरेकामा एक लाख ५७ हजार ४१४ डलर आयकर तिरेको जनाइएको हो ।
बाइडेनको आयको स्रोत भने अधिकांश रुपमा भाषण, पुस्तक बिक्री र उच्च शिक्षा प्रदान गर्ने संस्थाहरुमा रहेको पदबाट प्राप्त भएको पनि जनाइएको छ । सन् २०१९मा भने उहाँहरुको आय ९ लाख ८५ हजार २२३ रहेको पनि विवरणमा उल्लेख छ ।
अमेरिकी राष्ट्रपतिको परम्परा नै बनेको कर सम्बन्धी विवरण सार्वजनिक गर्ने चलन बाइडेनले फेरि थाल्नुभएको हो । यसअघिका राष्ट्रपति डोनाल्ड ट्रम्पले भने आय विवरण र कर सम्बन्धी जानकारी सार्वजनिक गर्न मान्नुभएको थिएन ।
बाइडेन दम्पत्तिले गत वर्ष परोपकारको माम गर्ने १० संस्थालाई ३० हजार ७०४ डलर सहयोग गरेको पनि उल्लेख छ ।
बाइडेन दम्पत्तिको कूल सम्पत्ति भने १२ लाख देखि २८ लाख ८० हजार डलरको बीचमा रहेको पनि जनाइएको छ ।
उता, उपराष्ट्रपति कमला ह्यारिस र उहाँका पति डग एमहोफको भनेसन् २०२० मा १६ लाख ९५ हजार २२५ डलर आय भएको र त्यसमा ६ लाख २१ हजार ८९३ डलर कर तिरेको विवरणमा जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्