
काठमाडौं, जेठ ४ । मंगलबार पनि सुनको मूल्य उकालो लाग्ने क्रम जारी रह्यो ।
बजारमा छापावाल सुनको मूल्य तोलामा ६ सयले उकालो लागेर ९३ हजार ४ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन पनि ३ सयले बढेर ९२ हजार ८ सयमा कारोबार भएको थियो ।
यस्तै मंगलबारनै चाँदीको मुल्य पनि तोलामा ३५ रुपैयाँले बढेर १३ सय ९० कायम भएको महासंघले जनाएको छ ।
अघिल्लो दिन ५ रुपैयाँले बढेर १३ सय ५५ कायम भएको थियो ।
अन्तराष्ट्रिय बजारमा यतीखेर सुन प्रतिऔंन्स १८ सय ६९ डलर हाराहारीमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्