
स्याङ्जा, जेठ ४ । पशुपंक्षि तथा कृषि विकास मन्त्री पद्मा कुमारी अर्यालको पहलमा गृह जिल्ला स्याङ्जाको लागि अक्सिजन सहितका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।
उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै समाजसेवी लक्ष्मीपती पौडेलले स्वास्थ्य सामाग्रीहरुको सही सदुपयोग गर्न अनुरोध गर्नुभयो ।
समाजसेवी पौडेलले ६० थान अक्सिजन सिलिण्डर, १० हजार सर्जिकल माक्स, ३ सय लिटर सेनिटाईजर, अक्सिजन कन्सेन्टे«टर ५ थान लगाएत रहेको जानकारी दिनुभयो ।
जिल्लामा कोरोनाबाट धेरैले ज्यान गुमाएको र संक्रमितहरु गाउँगाउँमा रहेकाले संक्रमणबाट बच्न सावधानी अपनाउन पर्ने देखिन्छ ।
स्वास्थ्य सामाग्रीहरु जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक होविन्द्र बोगटीले ग्रहण गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्