१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


कपिलवस्तुमा स्वास्थ्यकर्मीबाटै संक्रमितको शव व्यवस्थापन


0
Shares

कपिलवस्तु, जेठ ४ । कपिलवस्तुमा कोरोना सक्रमितको शव व्यवस्थापन स्वास्थ्यकर्मीले नै गर्दै आएका छन् ।

आइशोलेशनमा निधन भएका व्यक्तिहरुको शव व्यवस्थापन नेपाली सेनाले गर्ने भए पनि शिवराज नगरपालिकामा भने स्वास्थ्यकर्मीले नै शव व्यवस्थापन गर्दै आइरहेका छन् ।

नगरले संचालन गरेको आधारभूत स्वास्थ्य सेवा अस्पतालमा ४ जना कोरोना संक्रमितको निधन भएको छ ।

सुरुमा दुई वटा शवको व्यवस्थापन नेपाली सेनाले गरेको थियो ।

तर त्यसपछि निधन भएका संक्रमितको शव भने स्वास्थ्यकर्मीले नै व्यवस्थापन गरेको शिवराज स्वास्थ्य शाखा प्रमुख चुडामणि भट्टराइले बताउनुभयो ।

निधन भएको संक्रमितलाई लामो समय आइशोलेशनमा राख्न नसकिने र नेपाली सेनालाई खबर गर्दा ढिलो हुने भएकाले स्वास्थ्यकर्मी आफैले शव व्यवस्थापन गर्नु परेको भट्टराइले बताउनु भयो ।