
हेटौंडा, जेठ ४ । मकवानपुर प्रहरीले एक क्विन्टल गाँजासहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।
भीमफेदी नामटारबाट हेटौंडा तर्फ आउदैँ गरेको ना २ ख ९८६३ नम्बरको ट्रकको क्याबिनको हुटमा फल्स बटम बनाइ १७ वटा पोकामा एक क्विन्टल लागुऔषध गाँजा फेला पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरिक्षक जयेश्वर रिमालले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा ट्रक चालक काभ्रेको महाभारत गाउँपालिका– ५ का आइते बहादुर ठाडामगर, गाँजा ओसारपसारमा संलग्न भीमफेदी गाउँपालिका– ९ का राजकुमार तामाङ र कैलाश गाउँपालिका– १० का सुविन रुम्बा रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्