
सुनसरी, जेठ ४ । देशका विभिन्न अस्पतालहरुमा अक्सिजन अभाव हुन थालेपछि सुनसरीबाट सिलिण्डर भरेर पठाउन थालिएको छ ।
सुनसरी मोरङ ओद्यौगिक करिडोरमा रहेको अक्सिजन उद्योगबाट सिलिण्डर ‘रिफिल’ गरेर काठमाडौंसहित देशका विभिन्न जिल्लामा पठाउन थालिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो ।
गृहमन्त्रालयको समन्वयमा नेपाली सेनाको स्काई ट्रकमार्फत एयर लिफ्ट गरी अक्सिजन रिफिल गरेर काठमाडौं पठाइएको हो ।
यस्तै स्थलमार्गबाट पुर्वका विभिन्न जिल्लासँगै पश्चिमका दाङ, सिन्धुपाल्चोक, रुपन्देहीमा समेत अक्सिजन सिलिण्डर पठाइएको प्रजिअ ढकालले बताउनुभयो ।
करिडोरको इटहरीस्थित खनार र दुहवीको सोनापुरमा रहेको उद्योेगमा ‘अक्सिजन उत्पादनको क्षमता बढाइ २४ सै घण्टा प्लान्ट संचालनमा ल्याएर आपूर्तीको व्यवस्था गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्