१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


म्याग्दीका होटल व्यवसाय पुनः धरासायी बन्दै


0
Shares

काठमाडौं, जेठ ४ । कोरोनाको दोस्रो लहर सुरुभएसँगै पर्यटक आवागमन घट्न थालेपछि म्याग्दीको पर्यटन व्यवसाय पुनः धरासायी बन्दै गएको छ ।

आन्तरिक तथा बाह्य पर्यटकका संख्या वर्षेनी वृद्धि हुन थालेसंगै जिल्लामा पर्यटक लक्षित होटलको संख्यामा समेत वृद्धि भई १ सय २० पुगेको थियो ।

तर कोरोनाका कारण पर्यटकको आवागमन न्युन हुँदा यी होटल व्यवसाय धरासायी बन्दै गएको हो ।

३ वर्षको अवधीमा ८३ करोड भन्दा बढिको लगानीमा नयाँ होटलहरु खुलेका थिए ।

यी होटलमा २ सय ४६ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

तर क्रमिक रुपमा आन्तरिक र बाह्य पर्यटकको आवागमनमा कमी आएपछि अहिले यी होटलहरु बैंकको किस्ता समेत तिर्न नसक्ने अवस्थामा पुगेका होटल संचालकहरुले बताएका छन् ।

म्याग्दीमा १ लाख देखि ३ करोड रुपैयाँ भन्दा वढि लगानी रहेका होटलहरु खुलेका थिए ।