५ चैत्र २०८१, मंगलबार | Tue Mar 18 2025


शेयर बजारमा पुनः ऐतिहासिक रेकर्ड


0
Shares

काठमाडौं, जेठ ४ । शेयर बजारमा ऐतिहासिक रेकर्ड कायम हुने क्रम मंगलबार पनि जारी रह्यो ।

उतारचढाव बिच शेयर बजार परिसुचक नेप्से ३४ अंकले उकालो लागेर २७ सय ९३ बिन्दुको उचाईमा पुग्यो ।

कारोबार पनि हालसम्मकै उच्च ११ अर्ब ३५ करोड पुग्यो । यसदिन कारोबार भएका सबैजसो समुहमा हरियाली छायो ।

यसदिन जीवन बिमा समुह सबैभन्दा उच्च २ सय ४ अंकले उकालो लाग्दा होटल तथा पर्यटन समुह पनि २ सय अंकले बढ्यो ।

विकास बैंक, व्यापार, जलविद्युत, वित्त, निर्जिवन बिमा, अन्य र लघुवित्त समुहमा दोहोरो अंकको सुधार आउदा उत्पादनमुलक समुह भने सामान्य अंकले ऋणात्मक रह्यो ।

यसदिन १ सय ५८ कम्पनीको शेयर मुल्य बढ्दा १८ कम्पनीको शेयर मुल्य घट्यो ।

यसदिन सोल्टी होटलका शेयर धनीले सबैभन्दा बढि कमाउँदा टेलिकमका लगानीकर्ताले सबैभन्दा बढि गुमाउन पुगे ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा २ सय १५ कम्पनीको २ करोड ३१ लाख कित्ता शेयर ११ अर्ब ३५ करोडमा किनबेच एक्सचेन्जले जनाएको छ ।