
काठमाडौं, जेठ ५ । नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षक खड्गजित बरालको ९३ वर्षको उमेरमा निधन भएको छ ।
मंगलबार बेलुका घरमै निधन भएका बरालको बुधबार दिउँसो आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले दिएको छ ।
भारतको स्वतन्त्रता संग्राममा समेत सहभागी हुनुभएका बराल २००७ सालको नेपालको प्रजातान्त्रिक आन्दोलन मुक्ति सेना हुनुहुन्थ्यो ।
नेपाली कांग्रेसले राणा शासनविरूद्ध गरेको सशस्त्र आन्दोलनमा उहाँ मुक्ति सेनाका सिपाहीका रुपमा सहभागि हुनुहुन्थ्यो ।
२०१३ सालमा नेपाल प्रहरीको इन्स्पेक्टरमा भर्ना हुनुभएका उहाँ २०२९ सालदेखि २०३५ सालसम्म महानिरीक्षक बनेर नेपाल प्रहरीको कमाण्ड सम्हाल्नुभएको थियो । बराल नेपाल प्रहरीमा आमुल सुधारको थालनी गर्ने महानिरीक्षक मानिनुहुन्छ ।
प्रहरी सेवाबाट अवकाश लिएपछि बर्माका लागि नेपाली राजदूत नियुक्त हुनुभएका बराल २०३८ सालको राष्ट्रिय पञ्चायतमा सांसद पनि चुनिनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्