
फाइल फोटो
कैलाली, जेठ ५ । कैलालीमा कोरोना संक्रमितको शव व्यवस्थापनका लागि नेपाली सेनाले महिला सैनिकलाई पनि खटाएको छ ।
धनगढीमा रहेको नेपाली सेनाको भवानी दल गणले बुधबारदेखि उप-सेनानी शशी खड्काको कमाण्डमा ५ जनाको टोली संक्रमितको शव व्यवस्थापनमा खटाएको जनाएको हो ।
भवानी दल गणका प्रमुख सेनानी विकास केसीले उक्त टोलीले विशेषगरी कोरोना संक्रमणबाट ज्यान गुमाएका महिला तथा बालबालिकाको शव व्यवस्थापन गर्ने जानकारी दिनुभयो ।
सैनिक महिलाहरुलाई संक्रमितको शव व्यवस्थापनका लागि तालीम दिएर आजदेखि परिचालन गरिएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्