२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


नबिल बैंकद्धारा अक्सिजन प्लान्ट स्थापना गर्न ८ करोड सहयोग


26
Shares

काठमाडौं, जेठ ५ । नबिल बैंकले नेशनल एकेडेमी अफ मेडिकल साइन्सेज (वीर अस्पताल) लाई अक्सिजन प्लान्ट स्थापना गर्न सहयोग गर्ने भएको छ ।

यस बारेमा बैंक र वीर अस्पतालवीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

समझदारी अनुसार नबिल बैंकले ५० क्युबिक लिटर÷प्रतिघण्टा क्षमताको अक्सिजन प्लान्ट स्थापना गर्न लाग्ने सम्पूर्ण खर्च सहयोग गर्ने छ भने अस्पतालले आवश्यक स्थान उपलब्ध गराउने छ ।

कोरोनाको दोस्रो लहर तिब्र गतिमा फैलिदै जाँदा अस्पतालमा विरामीले अक्सिजन नपाएर ज्यान गुमाउनु परिरहेको अहिलेको विषम परिस्थितिमा बैंकले सरकारलाई सहयोग गरेको जनाएको हो ।

यो प्लान्ट स्थापनाले अस्पताललाई आवश्यक अक्सिजन उपलब्ध गराउने र यसबाट धेरै विरामीको ज्यान बचाउन सकिने बैंकले विश्वास लिएको छ ।