
काठमाडौं, जेठ ५ । नेपाल राष्ट्र बैंकले कोभिडको दोस्रो लहरले अर्थतन्त्र पुनः प्रभावित हुने जनाएको छ ।
नेपाल राष्ट्र बैंकले कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी दोस्रो पुनरावृत्ति (फलोअप) सर्वेक्षण प्रतिवेदन सार्वजनिक गर्दै कोरोनाको दोस्रो लहरका कारण अधिकांश जिल्लाहरुमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेकाले अर्थतन्त्र पुनः प्रभावित हुने अवस्था आएको बैंकले जनाएको हो ।
राष्ट्र बैंकले २०७७ असारको तुलनामा वैशाख २०७८ मा उद्योग÷व्यवसायको सञ्चालन स्थिति तथा उत्पादन र व्यवसायिक कारोबारमा उल्लेख्य सुधार आएको जनाएको छ ।
बैंकले गत असारको तुलानामा उद्योग व्यवसायको उत्पादन एवमं कारोबारको अवस्था तथा रोजगारीको अवस्थामा समेत उल्लेख्य सुधार आएको बताएको छ ।
यद्यपी ति उद्योगहरु २०७६ फागुन पुर्वको अवस्थामा भने उद्योग फर्किन नसकेको राष्ट्र बैंकले उल्लेख गरेको छ ।
राष्ट्र बैंकले २०७८ वैशाख ५ देखि १४ गतेसम्म दोस्रो पुनरावृत्ति सर्वेक्षण गरेको थियो ।
राष्ट्र बैंकले कोभिड–१९ को संक्रमण रोक्दै यथासम्भव आर्थिक गतिविधिहरु चलयामान बनाउन आवश्यक रहेको समेत प्रतिवेदनमा उल्लेख गरेको छ ।
प्रतिक्रिया दिनुहोस्