१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


देशभरका ८ स्थानमा होल्डिङ सेन्टर बनाउने


0
Shares

काठमाडौं, जेठ ५ । उपप्रधानमन्त्री तथा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र(सिसिएमसी)का संयोजक ईश्वर पोखरेलले देशभरका ८ स्थानमा होल्डिङ सेन्टर स्थापनाको काम अघि बढेको बताउनुभएको छ ।

बुधबार मारवाडी सेवा समिति नेपालले पशुपति गौशाला धर्मशालामा गरेको निःशुल्क आइसोलेसन सेवा सञ्चालनको शुभारम्भ गर्दै उपप्रधानमन्त्री पोखरेलले देशभरका ८ स्थानमा एक÷एक हजार क्षमताको होल्डिङ सेन्टर स्थापना गर्ने कामको औपचारिक रुपमा प्रारम्भ भएको बताउनुभएको हो ।

७ वटा प्रदेशमा एक÷एक ओटा र बाँकी एउटा काठमाडौं उपत्यकामा होल्डिङ सेन्टर स्थापनाको लागि अर्थ मन्त्रालयले बजेट छुट्याइसकेको र नेपाली सेनाले निर्माण कार्य प्रारम्भ गरिसकेको उहाँले जानकारी दिनुभयो ।

उपप्रधानमन्त्री पोखरेलले सरकारले अक्सिजनको अभावलाई पुरा गर्नका निम्ति पहल गरिरहेको पनि बताउनुभयो ।

मन्त्री पोखरलेले कोभिडको संक्रमण मानवता र मानविय सभ्यता विरुद्धको आक्रमण भएकाले यसका विरुद्धमा सबै मिलेर लड्नुपर्ने बताउनुभयो ।

उहाँले मारवाडी सेवा समितिले निःशुल्क आइसोलेसन सञ्चालन गरेर प्रशंसनीय कार्य गरेको भन्दै प्रशंसा समेत गर्नुभयो ।